बिएल संवाददाता
विभागीय टिम एपीएफले चौथों संस्करणको दिदी बहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको उपाधि जितेको हो।
पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट एपीएफले २५–१५ ले गुमाएको थियो। तर दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१२ ले हात पारेको थियो।
उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता पुलिसले १ लाख रुपैयाँमा चित्त बुझायो।
आर्मीलाई हराउँदै तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ हात पार्यो। तेस्रो स्थानका लागि आजै बिहान भएको खेलमा न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया