बिएल संवाददाता
विभागीय टिम एपीएफले चौथों संस्करणको दिदी बहिनी कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
विभागीय डर्बीमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ लगातार प्रतियोगिताको उपाधि जितेको हो।
पर्वतको बेनीमा भएको प्रतियोगिताको पहिलो सेट एपीएफले २५–१५ ले गुमाएको थियो। तर दोस्रो सेट २५–१८ ले जितेको एपीएफले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१२ ले हात पारेको थियो।
उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता पुलिसले १ लाख रुपैयाँमा चित्त बुझायो।
आर्मीलाई हराउँदै तेस्रो बनेको न्यु डायमण्डले ५० हजार रुपैयाँ हात पार्यो। तेस्रो स्थानका लागि आजै बिहान भएको खेलमा न्यु डायमण्डले आर्मीलाई २५–२३, २५–२१ र २५–२२ को सोझो सेटमा पराजित गरेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया