
बिएल संवाददाता
वाग्मती प्रदेश सरकारले ३० ओटा विद्युतीय बस खरिदका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर आह्वान गर्ने तयारी गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय बस खरिदका लागि टेण्डर आह्वान गर्न लागेको हो।
मन्त्रालयले विद्युतीय सवारी साधन तथा सरसफाइ उपकरण खरिद सहजीकरण समितिमार्फत बस किन्ने भएको छ। हेटौँडा–काठमाडौं रुटमा ६ वटा र काठमाडौं उपत्यकामा २४ वटा बस सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ। काठमाडौं उपत्यका र आसपासका जिल्लामा २४ वटा सीटी बस सञ्चालन गर्न लागिएको समितिका संयोजक दिपक निरौलाले जानकारी दिए।
गएको आर्थिक वर्षमा साझा सहकारीलाई ३० करोड रुपैयाँ दिएर बस खरिद गर्ने भनिए पनि प्रदेश सरकारले रकम भने उपलब्ध गराएको थिएन। वाग्मती प्रदेशले विद्युतीय बस खरिदका लागि चालु आर्थिक वर्षमा भने छुट्टै बजेटको व्यवस्था गरेको छैन। तर चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बस खरिदका लागि १० करोड रुपैयाँ खर्च गर्नसक्ने छ।
चालु आर्थिक वर्षको बजेटमा झण्डै ३५ करोड रुपैयाँ लागतमा ३० वटा बस खरिद गरिने समितिका संयोजक दिपक निरौलाले जानकारी दिए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया