कालिका न्याैपाने
कोरोना भाइरसका कारण दक्षिण कोरियामा मर्नेको संख्या १३ पुगेको छ। संक्रमितको संख्या पनि १७ सय ६६ पुगेको छ।
पछिल्लो समय कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राष्ट्रपति मुन जे इनविरूद्ध अविश्वास गहिरिएर गएको छ। हाल २५ हजार ५ सय ६८ जनामा संक्रमणको चेकजाँच भइरहेको छ।
सरकारले बढ्दो संक्रमणलाई ध्यानमा राखेर सार्वजनिक स्थल बन्द गरेको छ। सामूहिक ठाउँ र अधिकांश चर्च एक महिनाका लागि बन्द गरेको छ। यस्तै थिएटर, डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्ट र सडकमा कम मात्रामा मानिसहरू देखिन थालेका छन्।
सिओलस्थित कुवाङउन विश्वविद्यालयका प्राध्यापक डा. भानु श्रेष्ठका अनुसार कलेजमा अनलाइन क्लास सुरु गरिएको छ।
सरकारले कोभिड–१९ को प्रभावलाई महसुस गर्दै बिहीबारदेखि मास्कको विक्री वितरणलाई प्रभावकारी बनाउने बताएको छ। यसका लागि सरकारले आन्तरिक खपत बढाउने र विदेशमा बेच्ने मास्कको संख्यामा कटौती गर्ने निर्णय गरेको छ। ‘अब १० प्रतिशत मास्क मात्र विदेशमा बेचिने भनिएको छ। सबैभन्दा बढी चीनमा कोरियाली मास्क विक्री हुन्थ्यो,’ प्राध्यापक श्रेष्ठले बिएल नेपाली सेवालाई बताए।
कोरियामा हाल दिनमा एक करोड २६ लाख ६० हजार मास्क उत्पादन हुने गरेका छन्। अहिले एक जनालाई ३० वटा मास्क विक्री गर्ने निर्णय गरिएको छ। सिओलमा मास्कको विक्री प्रभावकारी बनाउन विभिन्न उपाय अवलम्बन गर्न लागिएको बताइएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया