बाह्रखरी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता उन्मादले गर्दा पहिलो प्रधानमन्त्री कालमा सेनापति प्रकरण हुन पुगेको बताएका छन् ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सेना प्रमुख रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा आफैं बहिर्गमित हुनुपरेको थियो ।
पार्टी वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त परिघटनाको स्मरण गरेका थिए ।
उनले सत्ता उन्माद र सबै जितियो भन्ने भान परेकैले सेनामा हात हालेको र प्रत्युत्पादक हुन पुगेको स्वीकार गरेका हुन् ।
“त्यतिबेला माओवादीले भुइँ छाड्यो । राष्ट्रपति, सेनापति सबैतिर हात हाल्यो । उन्मादले सेनापति हटाउन खोजेँ, आफैैं हट्नुपर्यो । हामी सबैको दाह्रा, नङ्ग्रा भाँच्चिइसकेका छन्,” उनले भने ।
उनले संविधानसभाको निर्वाचनपूर्व तत्काली एमालेसँग सहकार्य गर्न खोजेको भए पनि असम्भव भएको बताए । त्यतिबेला एमालेसँग सुरुमा ५०–५० प्रतिशतको भागभण्डा गर्न खोजिएको एमाले तयार नभएपछि पाँच प्रतिशत झरेर भए पनि गठबन्धन गर्न खोजिएको सम्झिए ।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया