बाह्रखरी
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता उन्मादले गर्दा पहिलो प्रधानमन्त्री कालमा सेनापति प्रकरण हुन पुगेको बताएका छन् ।
२०६६ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सेना प्रमुख रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा आफैं बहिर्गमित हुनुपरेको थियो ।
पार्टी वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त परिघटनाको स्मरण गरेका थिए ।
उनले सत्ता उन्माद र सबै जितियो भन्ने भान परेकैले सेनामा हात हालेको र प्रत्युत्पादक हुन पुगेको स्वीकार गरेका हुन् ।
“त्यतिबेला माओवादीले भुइँ छाड्यो । राष्ट्रपति, सेनापति सबैतिर हात हाल्यो । उन्मादले सेनापति हटाउन खोजेँ, आफैैं हट्नुपर्यो । हामी सबैको दाह्रा, नङ्ग्रा भाँच्चिइसकेका छन्,” उनले भने ।
उनले संविधानसभाको निर्वाचनपूर्व तत्काली एमालेसँग सहकार्य गर्न खोजेको भए पनि असम्भव भएको बताए । त्यतिबेला एमालेसँग सुरुमा ५०–५० प्रतिशतको भागभण्डा गर्न खोजिएको एमाले तयार नभएपछि पाँच प्रतिशत झरेर भए पनि गठबन्धन गर्न खोजिएको सम्झिए ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया