एजेन्सी
कोरोना भाइरसको प्रभाव जापानमा बढ्न थालेपछि प्रधानमन्त्री सिन्जो आवेले आउँदो मार्चदेखि सुरु हुने बसन्त ऋतुको बिदा अगाडी नै दिन आवहान गरेका छन्।
जापानमा २ मार्चदेखि हारु यासुमी अर्थात बसन्त ऋतुमा एक महिना बिदा दिने चलन छ। कोरोना भाइरसको संक्रमण बढेसँगै प्रधानमन्त्री आवेले अगाडी नै छुट्टी दिन आग्रह गरे।
जापानको प्राथमिक तथा जुनियर हाइस्कुलमा ५० भन्दा बढी विधार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण देखिएपछि होक्काइदो प्रान्तमा रहेको १६ सय विधालय एक साताअघि नै बन्द गरिएको थियो।
कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन जापान सरकारले तदारुकता देखाइरहेको छ। यस्तै विधालयले शैक्षिक गतिविधिलाई घटाएका छन्। जापानको टोकियो, होक्काइदो, आइची तथा चिवालगायत १९ वटा प्रान्तमा कोरोना भाइरसको संक्रमण बिहीबार भेटिएको छ। हालसम्म जापानमा १ सय ७५ मानिस संक्रमित देखिएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया