रासस
पोखरामा शनिबार सम्पन्न ‘प्याराग्लाइडिङ वर्ल्ड कप एसियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ अन्तर्गत टिम इभेन्टको उपाधि नेपालले जितेको छ।
क्रस कन्ट्री विधाअन्तर्गत ४७ दशमलव आठ किमी दूरीमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरी ५४ अङ्कसहित प्रथम स्थान हासिल गर्न सफल भएको हो। नेपाली टोलीमा युकेश गुरुङ, विशाल थापा, विजय गौतम र शेरबहादुर गुरुङ रहेका थिए। त्यसैगरी कोरियाले ४८ अङ्कसहित द्धितीय र ४५ अङ्क ल्याएर जर्मनीको टोली तेस्रो भएको छ।
पुरुष एकलतर्फको उपाधि भने कोरियाले जितेको छ। कोरियाका जङमेन चोइले २ हजार २ सय २० अङ्कसहित उपाधि जिते भने नेपालका विशाल थापाले २ हजार १ सय ४७ अङ्कसहित द्वितीय तथा कोरियाका चियोङ हाले २ हजार १ सय ३० अङ्कसहित तेस्रो हुन सफल भए।
महिला एकलतर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिकले उपाधि जित्दा कोरियाका याना ली द्वितीय तथा स्वीटजरल्याण्डका सुसन स्टोफर तेस्रो भए। नेपाल खुला १९औँ च्याम्पियनसीपअन्तर्गत विशाल थापाले उपाधि हात पारे। विजय गौतम द्वितीय र आशिष थापा तेस्रो भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। सुरज थापा चौथो र युकेश गुरुङ पाँचौँ स्थानमा रहे।
विजेता खेलाडीको टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले मेडल, प्रमाणपत्र पुरस्कार वितरण गरेका थिए। यही फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगितामा २० देशका ९२ खेलाडी सहभागी थिए।
यस प्रतियोगिता तथा इन्डोनेसिया र चीनमा तय भएको एसियन टूरबाट छनोट भएका खेलाडी ‘पोइन्ट’ र ‘र्याङकिङ’का आधारमा सन् २०२१ मा हुने प्याराग्लाइडिङको विश्वकप सुपर फाइनलमा प्रवेश पाउने प्रतियोगिता संयोजक योगेश भट्टराईले जानकारी दिए।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया