बिएल संवाददाता
झापाको बिर्तामोडका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन्।
प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुखसमेत रहेका उप्रेतीको नेतृत्वमा १ उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष र ८ सदस्यसहित १३ सदस्यीय समिति गठन गरेका छन्।
संघको उपाध्यक्षमा द्रोणराज भट्टराई (राजेश), सचिवमा चन्द्रप्रकाश बाँस्कोटा, सहसचिव चन्द्र श्रेष्ठ (सुमन) र कोषाध्यक्षमा गणेश मगर छन्।
त्यस्तै, सदस्यहरुमा दिपक पोखरेल, प्रशान्त राजवंशी, नरेश पोखरेल, सुशील थापा, दिपेन्द्र चम्लागाईं, सुमन पोद्दार र विपिन थापा छन्।
बीमा कम्पनीमा कार्यरत कर्मचारहरुको हकहित र समाज सेवाजता कार्य गर्ने उद्देश्यसाथ संघ गठन गरिएको अध्यक्ष उप्रेतीले बताए।
यसैबीच संघले सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै विर्तामोड नगरभित्र १ हजार मास्क वितरण तथा विर्तामोड भित्रका वृद्धाश्रममा फलफूल वितरण तथा खाना खुवाउने कार्यक्रम गर्ने भएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया