बिएल संवाददाता
झापाको बिर्तामोडका निर्जीवन बीमा कम्पनीका प्रतिनिधिले सन्तोष उप्रेतीको अध्यक्षतामा पेशागत बिमा संघ बिर्तामोड (इन्स्युरेन्स प्रोफेसन सोसाइटी–आइपिएस) गठन गरेका छन्।
प्रिमियर इन्स्युरेन्स कम्पनी नेपाल लिमिटेडका प्रदेश प्रमुखसमेत रहेका उप्रेतीको नेतृत्वमा १ उपाध्यक्ष, एक सचिव, एक सहसचिव, एक कोषाध्यक्ष र ८ सदस्यसहित १३ सदस्यीय समिति गठन गरेका छन्।
संघको उपाध्यक्षमा द्रोणराज भट्टराई (राजेश), सचिवमा चन्द्रप्रकाश बाँस्कोटा, सहसचिव चन्द्र श्रेष्ठ (सुमन) र कोषाध्यक्षमा गणेश मगर छन्।
त्यस्तै, सदस्यहरुमा दिपक पोखरेल, प्रशान्त राजवंशी, नरेश पोखरेल, सुशील थापा, दिपेन्द्र चम्लागाईं, सुमन पोद्दार र विपिन थापा छन्।
बीमा कम्पनीमा कार्यरत कर्मचारहरुको हकहित र समाज सेवाजता कार्य गर्ने उद्देश्यसाथ संघ गठन गरिएको अध्यक्ष उप्रेतीले बताए।
यसैबीच संघले सामाजिक उत्तरदायीत्व अन्तर्गत कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै विर्तामोड नगरभित्र १ हजार मास्क वितरण तथा विर्तामोड भित्रका वृद्धाश्रममा फलफूल वितरण तथा खाना खुवाउने कार्यक्रम गर्ने भएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया