यौन अपराधीलाई ‘फ्रेन्च ओस्कार’ अवार्ड, फ्रान्सेली कलाकार रुष्ट

फ्रान्सेली फिल्म क्षेत्रको सर्वोत्कृष्ट अवार्ड ‘फ्रेन्च ओस्कार’ अवार्ड विवादमा परेको छ। यसै साता विश्व चर्चित फिल्म निर्देशक रोमन पोलन्स्कीले उत्कृष्ट निर्देशक र बेस्ट एडाप्टेड स्क्रिनप्लेको अवार्ड हात पारेका थिए। ८६ वर्षीय पोलन्स्कीलाई ‘एन अफिसर एन्ड अ स्पाई’ फिल्मका लागि अवार्ड प्रदान गरिएको थियो।  

तर बलात्कार आरोपमा दोषी ठहरिएका व्यक्तिले ‘फ्रेन्च ओस्कार’ अवार्ड हात पारेको भन्दै कलाकारहरू रुष्ट भएका छन्। विवादित व्यक्तिले अवार्ड प्राप्त गरेको भन्दै फ्रान्सेली कलाकारहरूले अवार्ड कार्यक्रमसमेत बहिष्कार गरेका थिए।

फ्रान्सेली नायिका एडिली हेनलले आफू १३ वर्षकाे हुँदा पोलेन्स्कीले अमेरिकामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। पोलेन्स्कीले अवार्ड जितेको घोषणा गरिएलगत्तै नायिका हेनल समारोहबाट तत्काल बाहिरिएकी थिइन्। 

उनले घृणित व्यक्तिले अवार्ड जित्नु लज्जाको विषय भएको प्रतिक्रिया दिएकी छन्।

प्रकाशित मिति: : 2020-03-05 21:43:53

प्रतिकृया दिनुहोस्