मन्दिरा अधिकारी
नोवल कोरोना भाइरसको आशंकामा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या दिनदिनै बढ्दै गएको छ ।
संसारका विकसित मुलुकहरूमा समेत यो भाइरसले मान्छेको मृत्यु हुन थालेपछि नेपालभित्र पनि मानसिक त्राश बढेको छ । सामान्य रुघाखोकी लाग्दासमेत मान्छे आत्तिएर कोरोनाकै शंका गर्न थालेपछि देशकै सरुवा रोग परीक्षण गर्ने उक्त अस्पतालमा भीड बढेको हो ।
कोरिया, अष्ट्रेलिया, जापान, चीन, थाइल्याण्ड, अमेरिका र खाडी मुलुकहरू लगायत संसारका विभिन्न देशमा व्यापार, शिक्षा, रोजगारीका लागि गएका नेपाली यसै रोगको त्राशमा स्वदेश क्रम बढेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरकुमार राजभण्डारीले बिएल नेपाली सेवा सँग भने, ‘विमानस्थलमा स्वस्थ्य जाँच गर्दा कोरोनाका लक्षण देखिएमा उनीहरुलाई विमानस्थलबाट सीधै हाम्रो अस्पतालमा ल्याइन्छ । कसैलाई पनि भेट्न नमिल्ने गरी अलग्गै दुई सातासम्म राखी उपचार गर्ने व्यवस्था गरेका छौँ ।’
डा. राजभण्डारीका अनुसार, यो रोगले संसारभरि मान्छे मरिरहेका खबर आइरहे पनि नेपालमा भने अहिलेसम्म कोरोना भाइसरका गम्भीर बिरामी नभेटिएको बताए । उनले भने, ‘आत्तिनु पर्ने केही छैन । नेपालमा हाल एक जनामा पनि कोरोनाको पोजेटिभ लक्षण देखिएको छैन । हामीलाई छ जनाप्रति शंका लागेको त छ तर उनीहरुमा पनि नेगेटिभ हुनसक्छ । त्यसैले भयावह अवस्था होइन ।’
‘भीडभाडमा नजाने र मुखमा मास्क लगाएर हिँड्ने हात नमिलाउने, खोक्दा र हाच्छ्यूँ गर्दा रुमाल प्रयोग गर्नुपर्दछ’, उनले पूर्वसचेतना अपनाउन आग्रह गर्दै भने ।
निर्देशकका अनुसार, कोरोना बालक , वृद्धा, श्वाशप्रश्वाससम्बन्धी बिरामी, मिर्गौलाका बिरामी तथा गर्भवती महिलामा छिटो सर्नसक्ने हुँदा सचेत रहन पनि उनले आग्रह गरे ।
अस्पतालमा उपचारका लागि आएका बिरामीहरूले पनि आफूहरू कोरोनाको हल्ला सुनेर त्यसैको आशंकामा बढी डराएको बताए । चीनबाट भर्खरै फर्किएर परीक्षणका लागि अस्पताल गएका केवल घिमिरेले भने, ‘घाँटी दुख्ने, ज्वरो आउने भएपछि स्वास्थ्य परीक्षणका यो अस्पताल जान चिकित्सकले भन्नुभयो । अनि आएको हुँ । रिपोर्ट नेगेटिभ आयो । अब रोग नलागेको भनी ढुक्क भएँ ।’
विश्वभरि महामारीका रुपमै फैलिएको कोरना भाइरसले हालसम्म झण्डै तीन हजार दुई सयको मृत्यु भइसकेको छ ।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया