कोरोना प्रभाव: छायांकन रोक्न निर्माता संघको अनुरोध

नेपाल चलचित्र निर्माता संघले चलचित्रको सम्पूर्ण छायाँकन रोक्न अनुरोध गरेको छ। अहिले विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस अर्थात कोभिड १९को संक्रमणको जोखिम न्यूनिकरणका लागि संघले सम्पूर्ण चलचित्रकर्मीलाई छायाँकन स्थगित गर्न अनुरोध गरेको हो।

नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध गरेसंगै संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै सम्भव भएसम्म सम्पूर्ण चलचित्रको छायाँकन रोक्न सूचित गरेको हो।

‘चलचित्रकर्मी देश र जनताप्रति उत्तरदायी हुने र समाजको सम्बाहकको रुपमा विम्वित हुने हुँदा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आ–आफ्नो तप्काबाट सहयोग गर्न र नेपाल सरकारबाट अर्को सूचना जारी नहुन्जेलसम्म सम्पूर्ण चलचित्र छायाँकन कार्य स्थगन गर्नुहुन संघले अनुरोध गरेको छ,’विज्ञप्तीमा भनिएको छ।

संघका महासचिव रोज राणाद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन सम्पूर्ण चलचित्रकर्मीहरुलाई आग्रह समेत गरिएको छ।

प्रकाशित मिति: : 2020-03-06 20:54:10

प्रतिकृया दिनुहोस्