चीनमा १७ दिनको बालिका कोरोना संक्रमणबाट आफैं निक्को भइन् !

एजेन्सी

काठमाडाै‌ं

चीनको उहान प्रान्तमा एक १७ दिनको बालिका  कोरोना भाइरस अर्थात कोभिड–१९को संक्रमणबाट निक्को भएकी छिन्।

उहान चिल्ड्रोन हस्पिटलमा भर्ना गरिएको बालिका पूर्णरुपले निक्को भएको पिपुल्स डेलीले जनाएको छ। 

अस्पताल विभागका निर्देशक डा सियो सियोले बालिकाको श्वासप्रणाली र मुट्टुमा समस्या देखिएको बताए। तर उनलाई कारोना भए/नभएको स्पष्ट थिएन। डाक्टरहरूले उनलाई एन्टिबायोटिक औषधी नदिने निर्णय गरे र उनलाई आफैं रोगसँग लड्न दिए।

‘उनलाई सास फेर्न स्पष्ट कठिनाइ थिएन, कफ थिएन र ज्वरो पनि आएको छैन, त्यसैले हामीले उनको मुट्टु मात्रै उपचार गर्याैं,’डाक्टर सियोले भने। 

उनलाई लगातार तीनको जाँचपछि शुक्रबार दिउँसो घर जान अनुमति दिइएको छ। उनको मुट्टुको समस्या पनि पूर्ण रूपमा निको भइसकेको छ।

चीनका डाक्टरहरूले कोरोनाको संक्रमण आमाबाट गर्भमा रहेको बच्चामा सर्न सक्ने सम्भावना देखाएको छ।

यस महिनाको सुरूमा एक कोरोना भाइरस बिरामीलाई जन्माएको बच्चालाई घातक रोगबाट निक्को पारिएको यही नै पहिलो घटना हो। 

प्रकाशित मिति: : 2020-03-10 02:30:53

प्रतिकृया दिनुहोस्