अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सनलाई कोरोना भाइरसको संक्रमण भएको छ। उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्।
‘नमस्कार, रीता र म यहाँ अष्ट्रेलियामा छौँ, हामीले केही थकित महसुस गर्यौँ, हामीलाई चिसो लागेको थियो र शरीर दुखेको थियो। अलिअलि ज्वरो पनि आएको थियो। त्यसपछि हामीले कोरोनाको परीक्षण गर्यौँ र दुवैजनालाई यसको संक्रमण भएको थाहा भयो’, ह्यान्सले भनेका छन्।
उनले आफूहरुले पूर्ण रुपमा स्वास्थ्य लाभ नभएसम्म उपचार र स्वास्थ्यको ख्याल गर्ने बताएका छन्। उनले आफ्नो स्वास्थ्य अवस्थाबारे सामाजिक सञ्जालबाटै जानकारी दिने पनि बताएका छन्।
टम ह्यान्स हाल एल्भिस प्रेस्लेको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त छन्।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया