बिएल संवाददाता
चैत तेस्रो सातादेखि पोखरामा हुने तय तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप स्थगित गरिएको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
संघले आयोजना गर्ने प्रतियोगिता चैत १९ देखि २३ गतेसम्म हुने थियो । संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता परिस्थितिको अनुकुलतालाई हेरेर नयाँ मिति सार्वजनिक गरिने जनाएको छ ।
विश्व तेक्वान्दोले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्थगन गर्न यसअघि नै आफ्ना सदस्य राष्ट्रलाई सुझाव दिएको थियो।
जसका कारण २०२० टोकियो ओलम्पिकका लागि हुने छनोट प्रतियोगिता पनि स्थगित गरिएको थियो। छनोट चीनमा हुने तय थियो। यस्तै लेवनानको बेरुतमा हुने एसियाली तेक्वान्दो र एसियाली पारा तेक्वान्दो पनि स्थगित भइसकेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया