बिएल संवाददाता
चैत तेस्रो सातादेखि पोखरामा हुने तय तेस्रो माउन्ट एभरेस्ट तेक्वान्दो अन्तर्राष्ट्रिय च्याम्पियनसिप स्थगित गरिएको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण प्रतियोगिता स्थगित गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।
संघले आयोजना गर्ने प्रतियोगिता चैत १९ देखि २३ गतेसम्म हुने थियो । संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता परिस्थितिको अनुकुलतालाई हेरेर नयाँ मिति सार्वजनिक गरिने जनाएको छ ।
विश्व तेक्वान्दोले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्थगन गर्न यसअघि नै आफ्ना सदस्य राष्ट्रलाई सुझाव दिएको थियो।
जसका कारण २०२० टोकियो ओलम्पिकका लागि हुने छनोट प्रतियोगिता पनि स्थगित गरिएको थियो। छनोट चीनमा हुने तय थियो। यस्तै लेवनानको बेरुतमा हुने एसियाली तेक्वान्दो र एसियाली पारा तेक्वान्दो पनि स्थगित भइसकेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया