बुधबार, ३० जुलाई २०२५

कोरोनाका कारण इटलीमा एकै दिन २५० जनाको मृत्यु

एजेन्सी

एजेन्सी

काठमाडाै‌ं
News Image
• • •

इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ।

चीनपछि सबैभनदा धेरै कोरानाले इटलीमा मृत्यु भएको छ। हालसम्मै कोरोनाको कारण एकै दिनमा मृत्यु हुनेको संख्या धेरै हो।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

 विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।

आइतबार, चैत्र ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!