बुधबार, ३० जुलाई २०२५

गायक पशुपतिको ‘दुईटा हात्ती’

News Image
• • •

 लोकप्रिय गायक पशुपति शर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन्। केही दिन अगाडी कोरोना भाइरस विरुद्धको जनचेतनामूलक गीत ल्याएका पशुपतिले हालै ‘दुईटा हात्ती’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरेका हुन्।

गीतमा पशुपति, सिता केसी र ज्योति लोहनीको स्वर छ। गीतको शब्द तथा संगीत पशुपति स्वयंमको हो। कमेडी शैलीमा तयार गरिएको गीतको भिडियोमा पशुपति, सिता र ज्योतिको नै अभिनय हेर्न सकिन्छ।

दुर्गा पौडेलको छायांकन तथा निर्देशन रहेको भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका छन्।

सोमबार, चैत्र ०३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!