कोरोना संक्रमण फैलाएकाे आराेपमा गायिका कनिकालाई कारबाही गरिने

कोरोना संक्रमण फैलाएकाे आराेपमा गायिका कनिकालाई कारबाही गरिने

बलिउड गायिक कनिका कपूरलाई कारबाही गरिने भएको छ। ९ मार्चमा लन्डनबाट फर्किएकी कनिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई कारबाही गर्न लागिएको हो। 

लखनाउ प्रहरीले लन्डनबाट फर्किपछि बिना चेकजाँचनै कलाकारहरुले आयोजना गरेको दुई–तीन ठूला पार्टीहरूमा रूपमा भाग लिएर कोरोनाको संक्रमण फैलाएको कारण कारबाही गरिने बताएको छ। तर कनिकाले भने  एयरपोर्टमा ‘थर्मल स्क्रीनिंग’ गर्दा कोरोनको संक्रमण देखा नपरेको बताउँदै आएकी छिन्।
 
कनिकामा कोरोना संक्रमण पाएपछि लखनऊमा हलचल मच्चिएको छ। प्रशासनले लखनऊको महानगरीय क्षेत्रका सबै पसल, सरकारी र गैर सरकारी संस्था मार्च २३ सम्म बन्द गरेको छ।

साथै, कनिकाको परिवार बसोबास गर्ने स्थान सिल गरिएको छ।

प्रकाशित मिति: Mar 21, 2020 11:40:45

प्रतिक्रिया दिनुहोस

सबै