कुसुम गौतम
अहो!!
कस्तो शुन्यता छाएको छ यहाँ
म कागज र कलम लिएर
टोल्याइरहेकी छु
केही सिर्जनाले पाना सजाउन
तर ...
न त मसँग कुनै शब्द छन्
न त केही लेख्न सक्ने सामर्थ्य
मेरो साहित्यिक हृदयमा रसाउने
रमाइला अनुभव, रमाइला अनुभूतिहरू
चुपचाप चुपचाप
एकोहोरो मलाई हेरिरहेका छन्
कस्तो डर लाग्दो मौन प्रहार गर्दै
मलाई एकलो बनाएका छन्
चारै दिशा निराशाका रङ्ग पोतिदिएका छन्
अनिहरु निःशब्द छन्
तर लाग्छ ...
मलाई नै औँला ठड्याएर
चेतावनी दिइरहेका छन्
अब मेरो मनसँग उनीहरुको
कुनै सम्बन्ध छैन रे!!
शरीर र आत्माको वियोग झैँ
म आतिन्छु ...
जिन्दगीसँग बाँच्ने कला हराए झैँ लाग्छ मलाई
म मेरा चेतनाहरु बटुलेर केही बोल्न खोज्दै छु
तर म एक निमुखा झैँ
केही बोल्न सकेकी छैन ... ।।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया