
एजेन्सी
विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड–१९बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ। कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख ७ हजार ६२५ भन्दा बढी मानिस संक्रमित भएका छन्।
यस्तै यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ हजार ५ पुगेको छ।
चीन बाहिर १० हजार भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण हुने देशहरु इटाली, स्पेन, अमेरिका, जर्मनी, इरान र फ्रान्स हुन्। कोरोना भाइरसको संक्रमण सबैभन्दा बढी हुने देश अहिलेसम्म चीन रहेको छ।
तर यसका कारण इटालीमा सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण कम्तिमा चार हजार ८२५ जनाको मृत्यु भएको छ।
पछिल्लो तीन दिन भित्रमा विश्वमा कोरोना संक्रमितको संख्या एक लाखले बढेको हो। अहिलेसम्म १६० भन्दा बढी देशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया