एजेन्सी
ब्राजिली लिजेण्ड रोनाल्डिन्होले ४० औं जन्मदिन मनाएका छन्। नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले आफ्नो ४० औं जन्मदिन जेल भित्र एक्लै मनाएका हुन्।
जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन्। रोनाल्डोले फोटो सहित पोस्ट गरेका छन्, ‘बधाई छ साथी, तिमी चाँडै जिवनको कठिन अवस्थाबाट फर्कने छौ।’
कार्लोसलेसँगै खेलेको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘तिमीलाई धेरै शुभकामना छ साथी।’ रोनाल्डिन्होसँग बार्सिलोनाबाट खेलेको स्यामुयल ईटोले भविष्यका लागि शुभकामना दिँदै लेखेका छन्, ‘सोच्न सकेको छैन, तिम्रो मनले के सोचिरहेको छ।’
उनले भनेका छन्, ‘हेलो साथी, मसँग केही शब्द छैन। के बोल्ने भन्ने मलाई थाहा छैन। हामी सोचिरहेका छौ, कसरी तिमीमा उत्साह भर्न सक्छौ भनेर।’
ब्राजिली वकील सर्जिओ क्वीरोजले रोनाल्डिन्होले जानाजान नक्कली राहदानी नबोकेको उनका दाबी गर्दै आएका छन्। क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारीहरु समक्ष आग्रह पनि गरेका छन्।
पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीहरुले बताएका छन्। उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन्।
पाराग्वेका अधिकारीहरुले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनीप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन्।
रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट दुई साताअघि पाराग्वे आइपुगेका थिए। विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनीका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया