बिएल संवाददाता
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट’ (पीपीई) बनाउने भएको छ। महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई ४०० पीपीई बनाउन सकिने सामान उपलब्ध भएको बताएका छन्।
शंकास्पद व्यक्तिमा कोरोनाको परीक्षण गर्दा सुरक्षाका लागि चिकित्सकले लगाउने पीपीईको अभाव भएपछि सरकारले चीन र भारतसँग सहयोग माग मागेको थियो।
पुनले फेसबुकमा स्टाटस लेख्दै शिक्षण अस्पताल महाराजगञ्ज र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पीपीई बनाइदिन राष्ट्रिय आविस्कार केन्द्रलाई अनुरोध आएको बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको पुनको नेतृत्वमा खुलेको राष्ट्रिय आविष्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अनुसन्धानात्मक काम गर्दै आइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया