सिटीका प्रशिक्षक ग्वार्डि‌ओलाले दिए कोरोनाविरुद्धको अभियानका लागि १० लाख युरो

सिटीका प्रशिक्षक ग्वार्डि‌ओलाले दिए कोरोनाविरुद्धको अभियानका लागि १० लाख युरो

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डि‌ओलाले स्पेनमा कोरोना भाइरसविरुद्धको अभियानका लागि १० लाख युरो सहयोग गरेका छन्। बार्सिलोना मेडिकल कलेज र एन्जल सोलेर डानिएल फाउन्डेसनले सुरु गरेको कोरोना भाइरसविरुद्धको अभियानका लागि गार्डिवलाले सहयोग गरेका हुन्।

हाल बार्सिलोनास्थित घरमा रहेका गार्डिवलाले विगत केही दिनदेखि सहयोग रकम उपयुक्त तरिकाले प्रयोग गर्ने उपायहरुबारे वकिलहरुसँग सल्लाह गरिरहेका थिए।

कोरोनाका कारण युरोपका बढी प्रभावित देश मध्येमा पर्छ स्पेन। स्पेनमा मंगलबारसम्म कोरोनाका कारण २६ सय ९६ जनाको मृत्यु भएको छ। यस्तै संक्रमितको संख्या झण्डै ४० हजार छ।

गार्डिवलाले प्रदान गरेको रकम चिकित्सा सामग्री तथा स्वास्थ्यकर्मीका लागि सुरक्षात्मक सामग्री (पीपीई) किन्नका लागि खर्च गरिने छ।

प्रकाशित मिति: Mar 25, 2020 08:43:25

प्रतिक्रिया दिनुहोस

सबै