श्याम भट्ट
गृह मन्त्रालयको आदेशमा दुई दिनदेखि सुदूरपश्चिमको दुई शहर धनगढी र कञ्चनपुरको नाकामा बिजोग अवस्थामा रहेका नेपालीलाई स्थानीय निकायले मंगलबार राती सीमा नाकाबाट उद्दार गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको त्रासका कारण २१ दिनका लागि देश ‘लक डाउन’ गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले नेपाल–भारत सीमा नाकामा बिजोग अवस्थामा रहेका नेपालीलाई उद्दार गरेको हो।
गृहको आदेशपछि मंगलबार राती ९ बजे धनगढीको गौरीफन्टाबाट २० वटा गाडीमा ९ सय ५८ जनालाई उद्दार गरिएको हो। यहाँ सुदूर र मध्यपश्चिमलगायत बिराटनगर, सुनसरी, सिरहा–सप्तरीसम्मका नेपालीहरू थिए।
उद्दार गरिएका सबैलाई सम्बन्धित जिल्लाका सिडियोको रोहवरमा क्वारेन्टाइनमा राख्ने गृहले बताएको छ।
धनगढीमा उद्दार गरिएका नेपालीहरूले बिएल नेपाली सेवालाई भने, ‘मरे सँगै नेपालमा मरौला भनेर फर्किएका हौं। अर्काको देशमा अन्जान भएर मर्नुभन्दा आफ्नै देशमा मछौं भनेर आएका हौं।’
यस्तै, कञ्चनपुरको सीमा नजिकै गड्डा चौकीबाट पनि राती ९ बजे ६ सय जनालाई उद्दार गरिएको छ।
कञ्चनपुर नाकाबाट मंगलबार राती उद्धार गरिएका नेपालीहरु



न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया