श्याम भट्ट
गृह मन्त्रालयको आदेशमा दुई दिनदेखि सुदूरपश्चिमको दुई शहर धनगढी र कञ्चनपुरको नाकामा बिजोग अवस्थामा रहेका नेपालीलाई स्थानीय निकायले मंगलबार राती सीमा नाकाबाट उद्दार गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणको त्रासका कारण २१ दिनका लागि देश ‘लक डाउन’ गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले नेपाल–भारत सीमा नाकामा बिजोग अवस्थामा रहेका नेपालीलाई उद्दार गरेको हो।
गृहको आदेशपछि मंगलबार राती ९ बजे धनगढीको गौरीफन्टाबाट २० वटा गाडीमा ९ सय ५८ जनालाई उद्दार गरिएको हो। यहाँ सुदूर र मध्यपश्चिमलगायत बिराटनगर, सुनसरी, सिरहा–सप्तरीसम्मका नेपालीहरू थिए।
उद्दार गरिएका सबैलाई सम्बन्धित जिल्लाका सिडियोको रोहवरमा क्वारेन्टाइनमा राख्ने गृहले बताएको छ।
धनगढीमा उद्दार गरिएका नेपालीहरूले बिएल नेपाली सेवालाई भने, ‘मरे सँगै नेपालमा मरौला भनेर फर्किएका हौं। अर्काको देशमा अन्जान भएर मर्नुभन्दा आफ्नै देशमा मछौं भनेर आएका हौं।’
यस्तै, कञ्चनपुरको सीमा नजिकै गड्डा चौकीबाट पनि राती ९ बजे ६ सय जनालाई उद्दार गरिएको छ।
कञ्चनपुर नाकाबाट मंगलबार राती उद्धार गरिएका नेपालीहरु



पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया