लकडाउन उल्लंघन गर्नेलाई सशस्त्रले गर्‍याे ‘भाटे कारबाही’ (भिडियाे)

दीप सुवेदी

भक्तपुर

लकडाउनको उल्लंघन गरेर सडकमा हिँडेको भन्दै सशस्त्र प्रहरीले ३ जनालाई ‘भाटे कारबाही’ गरेकाे छ।

भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित बाहाखा बजारमा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनीहरुलाई ‘भाटे कारबाही’ गरेका हुन्।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर सडकमा हिँडेको भरमै लाठ्ठि प्रहार गरेर स्थानीयवासी रबिन श्रेष्ठले बताए।

‘यही सडक भएर मोटरसाइकल गुडे छ,उनीहरुलाई कसैले रोकेको छैन’,उनले बिएल नेपाली सेवासँग भने,‘ घरबाट अलि बाहिर निस्कनेलाई समातेर अमानवीय व्यवहार गरिरहेका छन्।’

उनले सामान्य रुपमा पसल जानेलाई पनि प्रहरीले दु:ख दिएको बताए। ‘अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न दिइने भनेर समाचार पढिएको थियो,’उनले भने,‘ तर हामीलाई बाहिर निस्किन दिएको छैन, निस्कियो भने डन्डा हानिहाल्छ।’

यता मंगलबार गृह मन्त्रालयका सह–सचिव केदारनाथ शर्माले  विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन्। 

 मन्त्रालयले देशका केही स्थानमा कुनै अत्यावश्यक काम नपरी हिँडडूल गर्ने नागरिकलाई सम्झाउने, बुझाउने, जरिवाना गरी छाड्ने र विना पासका सवारीसाधनलाई नियन्त्रणमा लिइ साँझ फिर्ता दिने लगायतका कार्य भएको जनाएको छ। 

हेर्नुहोस् भिडियो (रबिन्द्र श्रेष्ठबाट सौजन्य)

प्रकाशित मिति: : 2020-03-26 05:02:36

प्रतिकृया दिनुहोस्