नागरिक दैनिक
राजनीतिक दलका शीर्ष नेताहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सबै नेपालीलाई घरभित्रै बस्न अपिल गरेका छन्। कोरोना संक्रमणले विश्व आक्रान्त भइरहेका बेला सरकारले मुलुकमा जोखिम न्यूनीकरणका लागि साताव्यापी राष्ट्रिय लकडाउन आह्वान गरेका बेला दलका शीर्ष नेताहरूले पनि सरकारको कदमलाई साथ दिन घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन जनतालाई अपिल गरेका हुन्।
शीर्ष नेताहरूले केही दिन घरभित्रै बसेर कोरोना संक्रमणको सम्भावित जोखिमबाट व्यक्ति–व्यक्ति र सिंगो मुलुकलाई जोगाउन सकिने भन्दै विषम परिस्थितिमा संयम अपनाउन सबैलाई आग्रह गरेका छन्। केही दिनअघिसम्म बिहानदेखि बेलुकासम्म नेता तथा कार्यकर्तासँगको भेटघाट र सार्वजनिक कार्यक्रममै बिताउने गरेका शीर्ष नेताहरू अहिले घरमै बसेका छन्। उनीहरूले आफूहरू अहिले अध्ययनसहित रचनात्मक काममा लागेको जनाउँदै जनतालाई पनि कोरोनाविरुद्धको लडाइँमा सफलता पाउने सकारात्मक सोच राख्न आग्रह गरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया