
नागरिक दैनिक
राजनीतिक दलका शीर्ष नेताहरूले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न सबै नेपालीलाई घरभित्रै बस्न अपिल गरेका छन्। कोरोना संक्रमणले विश्व आक्रान्त भइरहेका बेला सरकारले मुलुकमा जोखिम न्यूनीकरणका लागि साताव्यापी राष्ट्रिय लकडाउन आह्वान गरेका बेला दलका शीर्ष नेताहरूले पनि सरकारको कदमलाई साथ दिन घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन जनतालाई अपिल गरेका हुन्।
शीर्ष नेताहरूले केही दिन घरभित्रै बसेर कोरोना संक्रमणको सम्भावित जोखिमबाट व्यक्ति–व्यक्ति र सिंगो मुलुकलाई जोगाउन सकिने भन्दै विषम परिस्थितिमा संयम अपनाउन सबैलाई आग्रह गरेका छन्। केही दिनअघिसम्म बिहानदेखि बेलुकासम्म नेता तथा कार्यकर्तासँगको भेटघाट र सार्वजनिक कार्यक्रममै बिताउने गरेका शीर्ष नेताहरू अहिले घरमै बसेका छन्। उनीहरूले आफूहरू अहिले अध्ययनसहित रचनात्मक काममा लागेको जनाउँदै जनतालाई पनि कोरोनाविरुद्धको लडाइँमा सफलता पाउने सकारात्मक सोच राख्न आग्रह गरेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया