
बिएल संवाददाता
कोरोना भाइरसको संक्रमणले घण्टैपिच्छे मानिसको मृत्यु भइरहेको स्पेनको लिनियाल, म्याड्रिडमा ज्यान गुमाएका बाबुको लाससँगै १६ घण्टा बिताएका एक युवाकाे मन छुने कथा बाहिर आएको छ ।
२५ वर्षीय लुइस फर्नान्डेजका ७९ वर्षीय पितालाई कोरोनाकाे संक्रमण भएपछि मुस्किलले सास फेरिरहेका थिए । ज्वरो आइरहेको थियो । अस्पतालमा सम्पर्क गरिरहेका बेला उनको काखमा बुधबार १ बजेकाे मध्यरातमा बुवाकाे निधन भयाे। बाबुको निधनपछि अन्तिम संस्कारका लागि उनले लासलाई समाधिस्त गर्न लास व्यवस्थापन कम्पनीलाई फोन गरेका थिए। तर बिहार र दिउँसाेसम्म कोही आएन। लामाे समय कुरेपछि बेलुकी ५ बजेतिर लास बाेक्न एउटा गाडी घर आइपुग्याे।
लास बाेक्न आएकाे कम्पनीका मानिसले उनीसँग २७ सय युरो छ कि छैन भनेर प्रश्न गरेका थिए। तर उनले छैन भनेपछि लास बाेक्ने कम्पनि घर प्रवेश नै नगरि फर्किएकाे थियाे।
उनी याे समस्या प्रहरीलाई बताए। यसपछि प्रहरीको राेहवरमा गाडी पुन: फर्कियाे। लुईसले आफू पनि दमको रोगी भएको र आइतबारदेखि ज्वरो आइरहेको बताएका छन् । कोरोनासँग मिल्ने सबै लक्षण आफूलाई मिलेको हुनाले परीक्षण गर्न उनले अस्पतालमा नमूना पनि पठाएका छन् ।
उनी कोरोना संक्रमणमा रहेका बुवासँगै शुरुदेखि बसेँ । ‘पक्कै मलाई पनि सर्यो होला । म यसैपनि दमको रोगी हुँ’, उनले बताए। उनको बवाको निधन हुने दिन लिनियालमा धेरै बृद्धबृद्धा कोरोना भाइरसकाे सिकार भएका थिए । अहिलेसम्म ३ हजार ६ सयभन्दा धेरैले स्पेनमा कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमित भएको कारण लासको व्यवस्थापन गर्ने कम्पनीले घरबाट लगेर उतै गाडेको र आफू संक्रमणको कारण जान नमिलेको उनको भनाई छ । यतिबेला स्पेनमा लासको व्यवस्थापन गर्ने कम्पनी र सेनाको एउटा समूहलाई लासको टुँगो लगाउन हम्मेहम्मे परिरहेकाे छ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया