क्वारेन्टाइनमा रहनेलाई खाद्यान्न सहयोग गराइने

रासस

भद्रपुर

कोभिड १९ (कोरोना भाइरस) को  सम्भावित जोखिम कम गर्न सञ्चालनमा  ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई  सहारा नेपाल झापाले रु। २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ। 

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले  कर्मचारी मानवीय कोषबाट सो रकम बराबरको खाद्यान्न संस्थाको कार्यक्षेत्र रहेका प्रदेश नम्बर १ का छ वटा जिल्लामा उपलब्ध गराइने जानकारी दिए। 

झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर आदि जिल्लामा स्थापित क्वारेन्टाइनमा रहने सो भाइरसका शंकास्पदको लागि चामल, दाल, तरकारीलगायत खाद्यवस्तु  जिल्लामा रहेका विपद व्यवस्थापन समितिसँगको समन्वयमा उपलब्ध गराउने उनले बताए।

प्रकाशित मिति: : 2020-03-27 02:08:02

प्रतिकृया दिनुहोस्