रासस
कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई विशेष ख्याल गर्दै देशव्यापि ‘लकडाउन’ भएपछि यहाँबाट प्रकाशित हुने पत्रपत्रिकाको प्रकाशन बन्द भएका छन्।
छापाखानामा काम गर्न कामदार तथा पत्रपत्रिका ग्राहककहाँ पु¥याउन समस्या भएपछि प्रकाशन बन्द गरिएकोे जनाइएको छ।
गत आइतबारदेखि जिल्लामा पत्रपत्रिका प्रकाशन भएका छैनन्। जिल्ला लकडान भएपछि बजार क्षेत्रमा पत्रपत्रिका पुर्याउन निकै समस्या र सुरक्षा चुनौति बढेपछि प्रकाशन बन्द गर्नु परेको भीमदत्त नगर बजारबाट प्रकाशन हुने विकल्प दैनिकका कार्यकारी सम्पादक रनि विवसले जानकारी दिए।
पत्रिकाबन्द भएपछि घरमै परिवारसँगै बस्दै आएको छु उनले भने, 'सामाजिक सञ्जाल र मोवाईल फोन मार्फत सम्पर्कमा रहने गरेको छु। स्वयं सुरक्षित हुनु बुद्धिमानी हो।'
नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थीले केही दिन अघि सञ्चारकर्मीलाई सुरक्षित भई समाचार सङकलन गर्न आव्हान गरेका थिए। जिल्लाबाट दैनिक र साप्ताहिक गरी डेढ दर्जन पत्रपत्रिका प्रकाशित हुदै आएका छन।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया