बेचैन छन् डक्टरकी आमा

बेचैन छन् डक्टरकी आमा

५९ वर्षीय जुलीयना र उनकी छोरी लाउरा पोर्चुगलको लिजवनमा एकै अपार्टमा बस्छन्। आमा छोरी प्राय शनिबार र आइतबार सँगै हुन्छन्। आमा र छोरी देख्दा लाग्दथ्यो यी २ मिलेर बस्छिन्।

२७ वर्षीया उनकी छोरी लाउरा  आफ्नो अध्ययन सकेर अस्पतालमा जागिर गर्न थालेको ७ महिना भयो। कहिले पोर्तो, कहिले अलमादा, कहिले लिजवन उनी कहिलेकाहीँ महिना २ महीनाको बीचमा फ्रान्स पनि जाने गर्थे।

आफ्नो छोरी डाक्टर भएकोमा जुलीयानालाई गर्व लाग्थ्यो। सधैंभरि विदाको दिन यी आमा, छोरी सँगै हुने गर्थे। नचिन्नेले आमा छोरी भन्दा पनि सहकर्मी साथी जस्तै सोच्थे। छिमेकी जुलीयानाले आफ्नो छोरी कहिले कहाँ कहिले कहाँ गएको बढो गर्व साथ बताउँथे।

बेलाबेला छोरीको फोटा। अनि छोरी सँगै छोरीको मुरादो (व्याइफ्रेन्ड) को फोटो देखाउथिन्। 'देखीस् मेरी छोरी कति ज्ञानी छ। म एक्लै हुन्छु भनेर उ प्राय मसँगै हुन्छे। मेरो छोरीको मुरादो (व्याइफ्रेन्ड) पनि एक दम ज्ञानी छ। म छोरीको प्रगति ज्ञान विवेकबाट हर्षीत छु' भेटे जति सबैलाई यस्तै भन्थिन्।

छोरी डिउटीबाट आउँदा उनले छोरीलाई मन पर्ने परिकार बनउँथिन्। मेरो छोरीलाई वक्ल्याऊ (एक किसीमको नुनीलो माछा) मन पर्छ भनेर प्राय पसलबाट माछा ल्याउथिन्। यसरी नै जुलीयानाको दिनचर्या चलिरहेको थियो। मनमा चैन र आनन्द थियो।

केही दिन अगाडि बार्दलीमा जुलीयाना देखीइन्। उनी अली मलिन थिइन्। मैले भने, 'वोमदिया सिनीयोरा जुलीयाना (गुडमर्नीङ्ग म्याडम जुलीयाना)' उनले अलि मलिन स्वारमा भनिन्, 'वोमदिया भिजीनीयो (गुडमर्नीङ्ग छिमेकी)' भनिनन् मैले भने, 'म्याडम तपाई बिरामी हो ?' उनले भनिन्, 'बिरामी होइन अलि चिन्तीत छु।' मैले सोधे 'किन र ?' अब जुलीयानाले सबै भन्न थालिन्। मनको पोको फुकाउन थालिन्, 'हेर मेरो छोरी लाउरा डाक्टर हो। अहिले उ नयाँ बिरामी आए भने अस्पतालमा सामान्य रूघा खोकी चेक गर्छे। आज ६ दिन भयो ऊ घर आएकी छैन। अहिले ऊ ड्उटीमा छ। अनि मेरो साथीको अपार्ट खाली थियो त्यही बस्छ। यहाँ आउँदिनँ।’

मैले भने, 'किन नि?' 'कोरोनाको महामारी छ। छोरी बिरामीसँग प्रत्यक्ष सम्पर्कमा हुन्छिन्। उनी  आफ्नो ड्यूटी सकाएर त्यही अपार्टमा बस्छिन्। कोरोना कहिले कसलाई सर्छ थाहा हुँदैन। मलाई छोरीले सम्झाउँदै भन्छिन्, माई (आमा) यो अवस्थामा हेलचक्र्याई गर्नुहुँदैन। सबैले सावधानी अपनाउनु पर्छ।’

यत्तिकैमा छोरीको भिडियो कल आउँछ। जुलीयाना छोरी सँग बोल्छिन्। छोरीको कुरा सुन्छिन्। एकै छिन खुसी हुन्छिन्। फेरि जुलीयाना संसारको समाचार हेर्छिन्। 'चाइनामा कति नर्स डाक्टरलाई यो रोग सर्‍यो रे। यहाँ मलाई यहि चिन्ता लाग्छ। इटालीमा पनि त्यस्तै भएको छ। म धेरै दिन भयो सुतेको छैन । मेरो छोरी डाक्टर हुँदा जुन खुसी, हर्ष र चैन थियो। साँच्चै केही हप्ता देखि म बचैन छु। कोरानाले गर्दा।' जुलीयानाले लामो सास फेर्दै भनिन्।

जुलीयाना मात्र होइन अर्की नर्स साराको आमा सान्द्रा पनि बचैन छिन्। उनी भन्छीन्, 'आज भोली छोरीको डिउटी लामो छ। कोरोनाले  सबै भन्दा बढी अप्ठेरो नर्स डाक्टरलाई छ,' उनी भन्छिन्, 'छोरीले आफ्नो ९ वर्षीय छोरा ज्वाँइलाई मसँगै बस्न पठाएकी छिन्। सारा पनि डिउटी पछि छोरा भेट्न आउदिनन्। उनी अपार्टमा एक्लै बस्छिन्। चिन्ता लाग्छ।'

यतीबेला यहाँको डाक्टर नर्ष भन्दा उनीहरुका परिवारमा बेचैनी बढेको छ। कोरोनाको त्रासले गर्दा जुलीयाना जस्ता धेरै डक्टरकी आमा अभीभावकहरु बेचैनी छन्।

प्रकाशित मिति: Mar 26, 2020 17:59:45

प्रतिक्रिया दिनुहोस