बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाक्री एमाले फर्किन तयार भएको उनीनिकटहरूले बताएका छन्।
स्रोतका अनुसार झाक्री पूर्वपार्टी एमाले फर्किन उत्साहित छिन्। बिनाशर्त एमाले फर्किन तयार भएकी झाक्रीलाई एमालेले भने पार्टीमा फर्किन विभिन्न शर्तहरू राखेको खुलेको छ।
एमालेनिकट स्रोतका अनुसार अध्यक्ष केपी ओलीलगायत पार्टी नेतृत्वको विरोध नगर्ने, गुट निर्माण नगर्ने, नेतृत्वप्रति बफादार रहने र पार्टीमा देखिएका चुनौतीसँग जुध्न अग्रपंक्तिमा खट्ने शर्तमा उनलाई पार्टी भित्र्याउन तयार भएको हो।
महासचिव शंकर पोखरेलले झाक्रीको पर्फर्मेन्स हेरेर पदाधिकारीसम्म बनाउन सकिने बताउने गरेको उनीनिकट एक नेता बताउँछन्।
ती नेता भन्छन्, ‘उहाँ बिनाशर्ता एमाले फर्किन तयार हुनुहुन्छ। पार्टीले भने उहाँलाई नेतृत्वको विरोध नगर्ने शर्तमा भित्र्याउने तयारी गरेको छ।’
यता माधव नेपाल निकट एक नेताले भने झाक्री दोस्रो महेश बस्नेत बन्ने शर्तमा एमालेमा शरण लिन तयार भएको आरोप लगाएका छन्।
उनी भन्छन्, ‘उहाँको शरीर मात्रै एमालेमा थियो, मन त पहिलेदेखि नै एमालेमै थियो। हामीले सुनेअनुसार उहाँले विभिन्न चरणमा महासचिव र अध्यक्षलाई भेट्नुभएको थियो। ओलीको उछितो काढेर माधवजीको हात समातेर हिँड्नुभएकै हो। अब ओलीको विरोध नगर्ने र माधव नेपालविरुद्ध घृणा फैलाउने शर्तमा दोस्रो महेश बस्नेत बन्न तयार हुनुहुन्छ उहाँ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया