पति विराट कोहलीको कपाल काट्दै अनुष्का

कोरोना संक्रमणका कारण भारतमा २१ दिनको लक डाउनको घोषणा गरिएको छ। 

यसले, मजदुरहरुलाई दैनिक काम गरेर घरवार चलाउने समस्यामा परेका छन्। बलिउडमा पनि त्यस्ता कैयौ मजदुर छन्, जो दैनिक काम गरेर दैनिकी टार्ने गर्छन्।

यसैले, अहिले बलिउडकर्मीहरुले ती मजदुरका लागि पनि राहत घोषणा गर्न थालेका छन्। तर यो दुनियाँबाट अभिनेत्री अनुष्का शर्मा  भने टाढै छिन्। उनी क्रिकेटर विराट कोहलीसँग क्वारेनटाइनमा बस्दै आएकी छिन्।

यो जोडीको हालै एउटा भिडियो सार्वजनिक भएको छ। उनले यो भिडियोमा घरमै क्वारेनटाइनमा बस्दा समय बिताउने उपाय बताएका छन्।

भिडियोमा अनुष्काले श्रीमान् विराटको कपाल काटिदिँदै छिन्। विराटले पहिला आफ्नो कपाल र अनुष्काले काटिदिएपछिको कपालको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरुले घरमा यसरी बस्न सकिन्छ भनेर देखाएका छन्। यी दुई एक‍अर्कासँग एकदमै रमाइरहेको देखिन्छ।

भारतमा पहिलो कोरोना संक्रमित व्यक्ति जनावरी २९ देखिएको थियो। अहिले यो संख्या बढेर १ हजार पुग्न लागिसकेको छ। भारतमा अहिलेसम्म २० जनाको ज्यान गईसकेको छ। भारत अहिले लकडाउन छ।
 

प्रकाशित मिति: : 2020-03-29 03:58:48

प्रतिकृया दिनुहोस्