
एजेन्सी
इङ्गल्याण्ड क्रिकेट टिमका विकेटकिपर तथन ब्याट्सम्यान जोस बटलरले आफूले लगाएको टी–शर्ट लिलामी गर्ने बताएका छन्।
जोस बटलर लण्डनको एक अस्पतालको लागि रकम सङ्कलन गर्न सन् २०१९ को विश्वकपको फाइनलमा लगाएको टी–शर्ट लिलामीमा लगाएका हुन्।
बटलरले ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन्। टी–शर्ट लिलामी प्रक्रियामा सहभागी हुनका लागि उनले लिङ्क पनि दिएका छन्।
बटलरले ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन्,‘म विश्व कपको फाइनलमा लगाएको टी(शर्ट लिलामी गर्दैछु, यसबाट प्राप्त हुने रकम रोयल ब्रम्पटन र ह्यारीफिल्ड अस्पताललाई दान दिइनेछ। गएको हप्ता यी अस्पतालले कोभिड १९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको माग गरेका थिए।’
एकदिवसीय विश्वकप फाइनलमा बटलरले ५९ रन बनाएका थिए। फाइनलमा इङ्गल्याण्ड र न्युजिल्याण्डबीचको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो, सुपर ओभरमा पनि बराबरी भएपछि बाउन्ड्रीका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया