एजेन्सी
इङ्गल्याण्ड क्रिकेट टिमका विकेटकिपर तथन ब्याट्सम्यान जोस बटलरले आफूले लगाएको टी–शर्ट लिलामी गर्ने बताएका छन्।
जोस बटलर लण्डनको एक अस्पतालको लागि रकम सङ्कलन गर्न सन् २०१९ को विश्वकपको फाइनलमा लगाएको टी–शर्ट लिलामीमा लगाएका हुन्।
बटलरले ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन्। टी–शर्ट लिलामी प्रक्रियामा सहभागी हुनका लागि उनले लिङ्क पनि दिएका छन्।
बटलरले ट्विटरमा भिडियो पोस्ट गर्दै भनेका छन्,‘म विश्व कपको फाइनलमा लगाएको टी(शर्ट लिलामी गर्दैछु, यसबाट प्राप्त हुने रकम रोयल ब्रम्पटन र ह्यारीफिल्ड अस्पताललाई दान दिइनेछ। गएको हप्ता यी अस्पतालले कोभिड १९ विरुद्ध लड्न स्वास्थ्य उपकरणको माग गरेका थिए।’
एकदिवसीय विश्वकप फाइनलमा बटलरले ५९ रन बनाएका थिए। फाइनलमा इङ्गल्याण्ड र न्युजिल्याण्डबीचको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो, सुपर ओभरमा पनि बराबरी भएपछि बाउन्ड्रीका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया