आइतबार, ०३ अगस्ट २०२५

चर्चित पप गायिका साकिराको आग्रह– केटाकेटीलाई हिँड्डुल गर्ने समय छुट्याऊ

बिएल संवाददाता

बिएल संवाददाता

बार्सिलाेना
News Image
• • •


चर्चित ल्याटिन पप गायिका साकिराले कोरोना भाइरस संक्रमणका कारण सरकारले लागु गरेको ‘लकडाउन’ को अवस्थामा पनि केटाकेटीलाई केही समय घुमफिर गर्न दिनुपर्ने माग गरेकी छिन्। 

उनले स्पेनिस राजनीतिज्ञसँग आग्रह गर्दै भनिन्, ‘असजिलो अवस्थालाई मध्यनजर गर्दै म आग्रह गर्न चाहन्छु, केटाकेटीलाई स्वस्थ्य हावा लिन पनि छोटो समयका लागि हिँडडुल गर्न दिँदा राम्रो होला।’

४३ वर्षीय यी पप गायिका बार्सिलोना क्लबका आफ्ना स्टार डिफेन्डर श्रीमान गेरार्ड पिकेसँगै ७ वर्षीय छोरा मिलान र ५ वर्षीय छोरी सासीसँगै बार्सिलोनामा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेकी छिन्। उनले साँघुरो घर र छत नभएका परिवारका सदस्यलाई केटाकेटी हुर्काउन गाह्रो परिरहेको बताइन्। 

त्यसैले उनले सरकारसँग छोटो समयका लागि केटाकेटीलाई हिँडडुल गर्न समय दिनुपर्ने वकालत गरेकी हुन्। 

‘कुकुर डुलाउन र युवाहरुलाई सपिङका लागि सरकारले समय दिइरहेको छ भने केटाकेटीलाई पनि शारीरिक र मानसिक तन्दुरुस्तीका लागि घाम र स्वस्थ्य हावाको जरुरी पर्छ। त्यसैले उनीहरूलाई पनि हिँडडुल गर्ने मौका दिनु उपयुक्त हुन्छ,’ उनले भनेकी छिन्। 

उनले यी सबै निर्णय विज्ञ र सामाजिक दुरीलाई कायम गर्दै सरकारलाई उठाउन आग्रह गरेकी हुन्। ‘केटाकेटीहरू सामाजिक रुपान्तरणका लागि साँचो अर्थमा हिरो हुन्। त्यसैले उनीहरू पूर्णरुपले फिट हुनु जरुरी छ,’ उनले भनेकी छिन्। 

कोरोना भाइरसको संक्रमण युरोपमा फैलिन थाल्नु अगाडि नै विश्वका नेताहरूलाई साकिराले स्कुल बन्द गर्न र सार्वजनिक स्थानमा दुरी बनाएर हिड्न आग्रह गरेकी थिइन। 
 
 

बुधबार, चैत्र १९, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)