लन्डनमा १९ नेपाली डाक्टर अलपत्र

बेलायतको मेडिकल काउन्सिल परीक्षा दिन लण्डन आइपुगेका डेड दर्जन बढी नेपाली डाक्टर कोरोना महामारीका कारण लण्डनमा अलपत्र परेका छन् ।

नेपालका भिन्न अस्पातलमा कार्यरत १९ जना डाक्टरको समुह बेलायतको जनरल मेडिकल काउन्सिल (जीएमसी) को परीक्षा दिन बिभिन्न समयमा यहाँ आइपुगेका थिए। ति मध्ये अधिकांशले परीक्षा दिन पाए भने पछिल्लो पटक, फेब्रुअरीको अन्त्यमा आएका पाँच जनाको समुह ‘लकडाउन’ का कारण परीक्षामा सहभागी हुन पाएन्।

‘हामी परीक्षाको तयारी क्लासहरु गर्दै थियौ, परीक्षा नै स्थगित भएको खबर आयो’, सहभागी एक डाक्टरले भने। तर, गत बर्षको अन्त्यमा आएर यो बर्षको जनवरीमा परीक्षामा सहभागी भएका कतिपए डाक्टरको रिजल्ट भने आइसकेको छ। उनीहरु रिजल्टपछि वर्क परमिटका लागि आवेदन बुझाएर फर्किने तयारीमा थिए।

अन्य देशमा जस्तै बेलायतमा पनि मेडिकल क्षेत्रमा काम गर्न चाहने डाक्टरले जनरल मेडिकल काउन्सिलको परीक्षा पास गर्नुपर्ने हुन्छ । गैर बेलायतीको हकमा उनीहरुले काउन्सिल परीक्षा पास गरिसकेपछि यहाँको गृह मन्त्रालयमा काम गर्ने अनुमतिका लागि निवेदन दिनुपर्ने हुन्छ । जुन अन्यको तुलनामा डाक्टरलाई सजिलो छ र उनीहरुले वर्क परमिट पाउन त्यती झन्झटिलो छैन ।

यि सबै प्रकृया पुरा गरेको ६ बर्षपछि उनीहरुले बेलायती नागरिकता प्राप्त गर्ने हैसियत बनाउँछन्। अहिले कोरोनाले अलपत्र सबै १९ नेपाली डाक्टर यही प्रोसेसको लागि यहाँ आएका थिए ।

उनीहरु बेलायतको जीएमसी परीक्षा दिन आएको कुरा न त नेपाल सरकारको जानकारीमा छ, न उनीहरु कार्यरत कुनै संस्थालाई थाह छ। उनीहरु सबै जना सामान्य छुट्टी मिलाएर भिजिट भिषामा यहाँ आएका थिए। यदि यो परीक्षा पास हुनेको सबै बन्दोवस्त मिलेमा अबको केही महिनामा ति डाक्टरले सदाका लागि देश छोड्ने छन् ।

 

प्रकाशित मिति: : 2020-04-05 06:08:33

प्रतिकृया दिनुहोस्