एजेन्सी
बेलायतमा एक स्वास्थ्यकर्मीले खराब पीपीईका कारण ज्यान गुमाउनु परेको छ। २३ वर्षीय जोन आलगोस कोरोना भाइरसका कारण ज्यान गुमाउने तेस्रो स्वास्थ्यकर्मी भएका छन्। रात्रिकालिन ड्युटीबाट लगातार १२ घण्टा काम गरेर घर फर्किएका आलगोसले शुक्रबार टाउको दुखेको र रातभरी शरीरको तापक्रम उच्च भएको जानकारी परिवारलाई दिएका थिए। आलगोसकी आमा गुस्टिलोले भनिन्, ‘मैले उसलाई घर बस्न सुझाव दिएको थिए। तर, उसले अन्य स्टाफसँग सोध्नुपर्ने र काम गर्ने व्यक्ति कम भएको हुनाले आफूलाई बस्न नदिने बताएका थिए।’
यति बेला आफूले प्यारासिटामोल लिन सुझाव दिएको तर केही बेरपछि ओछ्यानमा जाँदा उ निलो भएको आमाले बताइन्। गुस्टिलोले तत्कालै इर्मेजेन्सी सेवालाई फोन गरेको तर प्यारामेडिक आफ्नो छोरालाई उद्धार गर्न असमर्थ भएको बताइन्। आफ्नो २३ वर्षीय छोरा गुमाएकी आमाले भनिन्, ‘मेरो छोराले कामको दौरान संक्रमण रोक्ने लुगा राम्रोसँग लगाउन नपाएको बताएको थियो।’
गत साताअघि दुई नर्सको पनि बिरामीको उपचार गर्ने क्रममा संक्रमण सरेर निधन भएको थियो। त्यति बेला तीन बच्चाकी आमा अरिमा नासरिनको वालसाल मानोर अस्पताल, जहाँ उनी १६ वर्षदेखि काम गर्दै आइरहेकी थिइन, त्यही निधन भएको थियो। यस्तै, अर्की ३९ वर्षीय तीन बच्चाकै आमा एमी ओ’रुर्कीको पनि केन्टस्थित क्विन एलिजाबेथ अस्पतालमा निधन भएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया