अस्पतालले भन्यो र दाइले भने 'मर्यो': ... तर बाँचेका रहेछन् ङिमा !

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

'नेपाली समुदायले अचानक ४ जना सक्रिय सदस्यहरू अजय छोंचन, थोक्मे बिष्ट ,सोनाम लामा, निमा टेम्बा शेर्पा गुमाएको खबरले स्तब्ध छु । मृतकहरू प्रति हार्दिक श्रद्धान्जलि साथै शोक संतब्द परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु।'

यो फेसबुक स्टाटस हो अमेरिकाको न्युयोर्क अवस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईको। न्युयोर्कमा रहेका नेपालीका लागि योभन्दा आधिकारिक समाचार स्रोत केही हुदैन भन्ने ठान्यौं । तर, त्यतिमा पनि हामी ढुक्क हुन सकेनौै र पारिवारिक स्रोत खोज्योै । पारिवारिक स्रोतले पनि पुष्टी गरेपछि  हामीले पनि एउटा अप्रिय समाचार बनायौं- अमेरिकामा कोरोनाबाट चार नेपालीको मृत्यु, स्तव्ध छ मिनी नेपाल ।

यो समाचार हामीभन्दा अगाडि अमेरिकाका नेपाली अनलाइन पोर्टलमा मात्र हैन, नेपाललगायत संसारभरका नेपाली सञ्चार माध्यममा आइसकेको थियो। न्युयोर्कस्थित नेपाली डायस्पोराका अगुवाहरूको फेसबुक स्टाटसमा पनि आइसकेको थियो। हामी न्युयोर्कका अगुवा जो कोहीलाई सोधे पनि एउटै जवाफ आउँथ्यो, चारजनाको निधन।

तर, अहिले न्युयोर्कका केही अगुवा नेपालीको स्टाटसमा तीनजनाको मृत्यु भएको तर ङिमा टेम्बा शेर्पाको उपचार भैरहेको समाचार बाहिरिएको छ। उनका दाजु ल्हाक्पा युला शेर्पाको हवाला दिदै ङिमा टेम्बा शेर्पाको उपचार भैरहेको समाचार आएको  हो। हामीलाई यिनै दाजु शेर्पाले भनेका थिए, 'अस्पतालले भनेको छ कि अब ऊ काम लाग्दैन। त्यसैले हामीले उसको लागि पूजा पाठ थालेका छौं, श्रद्धाञ्जली पनि दिएका छौैं।'

दाजुले नै यसो भनेपछि समाचार सम्प्रेषण गरेका थियौं तर आज त्यो समाचार अन्यथा भएको छ र ङिमा शेर्पाको उपचार भेन्टिलेटरमा राखेर जारी राखिएको अस्पतालले जनाएको भनेर ङिमाकै दाजुले फेसबुक स्टाटस अपलोड गरेका छन्। शायद यसैदाई आधार मानेर अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले पनि ङिमाको उपचार भैरहेको स्टाटस जारी गरेका छन्। उता, एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले पनि ङिमाको उपचार जारी रहेको बताएका छन्। 

अस्पतालले दिएको सूचनाको आधारमा दाइले सूचना दिए, हामीले त्यसैको आधारमा यो अप्रिय समाचार छाप्यौं- अमेरिकामा कोरोनाबाट चार नेपालीको मृत्यु, स्तव्ध छ मिनी नेपाल । तर, अहिले उनै दाजु फेरि अस्पतालको हवाला दिदै भनिरहेका छन्, 'अस्पताले भन्यो। अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ।' यही नै पछिल्लो सत्य हो। तर पनि हामी यो अप्रिय समाचारका लागि सम्बन्धित सबैमा क्षमायाचना गर्छौं र आइन्दा यस्ता सम्वेदनशील समाचारका बारेमा अरू थप होसियारी अपनाउँने प्रतिवद्धता व्यक्त गर्दछौं ।

हामीले एकजना जिउँदै रहेको नेपालीलाई मृत्यु भैसकेको भनेर जुन समाचार छाप्यौं, त्यसप्रति हामी क्षमायाचना गर्दछौै। हो, यो उनकै सहोदर दाजु ल्हाक्पा युला शेर्पा र अमेरिकाको न्युयोर्क अवस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले नै मृत्यु भयो भनेपछि हामीले अरूभन्दा ढिलो समाचार सम्प्रेषण गरेका थियौं। तर, पनि हामी चुक्यौं।

कोरोना कहरले न्युयोर्कमा रहेका नेपालीको मनस्थिति कस्तो बनाइसकेको छ भन्ने यो एक दृष्टान्त हो। त्यसमा पनि सम्बन्धित अस्पतालले नै भनेपछि त अविश्वास गर्ने कुरा पनि भएन। यसले अमेरिकी अस्पतालको पनि कोरोनाले कस्तो हालत बनाइरहेको छ भन्ने स्थितिबोध गराउँछ। 

अस्पतालले दिएको सूचनाको आधारमा दाइले सूचना दिए, हामीले त्यसैको आधारमा यो अप्रिय समाचार छाप्यौं- अमेरिकामा कोरोनाबाट चार नेपालीको मृत्यु, स्तव्ध छ मिनी नेपाल। तर, अहिले उनै दाजु फेरि अस्पतालको हवाला दिदै भनिरहेका छन्, 'अस्पताले भन्यो। अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ।'

यही नै पछिल्लो सत्य हो। तर पनि हामी यो अप्रिय समाचारका लागि सम्बन्धित सबैमा क्षमायाचना गर्छौं र आइन्दा यस्ता सम्वेदनशील समाचारका बारेमा अरू थप होसियारी अपनाउँने प्रतिवद्धता व्यक्त गर्दछौं।

हामी कोरोनासँग जीवनमरणको लडाई लडिरहेका ङिमा शर्पा कोरोनामाथि विजय प्राप्त गर्न सकुन् भन्ने कामना गर्दछौं। हामी यो समाचार कुनै पनि हालतमा अब कहिल्यै सत्य नहोस् भन्ने कामना पनि गर्छौैं। 

प्रकाशित मिति: : 2020-04-06 02:45:04

प्रतिकृया दिनुहोस्