भारतका राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको एक वर्षको तलब कोरोना कोषमा

बिएल संवाददाता

नयाँदिल्ली, हिन्दीब्यूराे

भारतले सांसदहरुको १ वर्षको तलबमा ३० प्रतिशत कटौती गर्ने भएको छ। कोरोना भाइरसविरुद्धको लडाईंमा हुने खर्च जुटाउन तलब कटौती गर्न लागिएकाे हाे।

आइतबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणविरुद्ध लड्न खबौं रुपैयांको आवश्यकता पर्ने भएपछि भारतले सांसदहरुको तलब कटौती गरिन लागिएको बताएकाे छ। 

सांसदहरुले दुई वर्षसम्म सांस द्कल्याणकारी कोषको रकमसमेत प्रयोग गर्नसमेत मन्त्रिपरिषद्ले रोक लगाएको छ। १ वर्षसम्म सांसदहरुको रकममा ३० प्रतिशत कटौती गर्दा र सांसदहरुको कल्याणकारी कोषको रकम खर्च गर्न रोकिँदा मात्र ७९ अर्ब भारतीय रुपैयाँ बचत हुनेछ।

राष्ट्रपति, उपराष्ट्रपति एवं गभर्नरको तलबमा पनि यसैगरी कटौती हुनेभएको छ। यस्तै, विजेपीको नेतृत्वमा रहेको राज्यका विधानसभा सांसदहरुको रकममा समेत यसैगरी ३० प्रतिशत कटौती हुने निर्णय भएको छ।

भारतमा पछिल्ला केही दिनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। यससँगै भारतमा सोमबार बिहानसम्म यसका संक्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअुनसार यहाँ पछिल्लो १२ घन्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको छ।

साथै भारतमा कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्न थालेको छ। सोमबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या १०९ पुगेको सो मन्त्रालयले जानकारी दिएको छ।

यी संक्रमितहरुमध्ये उपचारको क्रममा २९२ जना भने उपचार गरी घर फर्र्किएका छन्। अरु ३ हजार ६६६ जना भने उपचाररत रहेका छन्। उनीहरु केही अस्पताल त केही आफ्नो घरमा नै निगरानीमा रही उपचार गराइरहेका छन्।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुश गरिएको छ। भारतका अरु राज्यको तुलनामा महाराष्ट्रमा यसका संक्रमितहरु बढेको देखिएको छ।

महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका समाचारमा जनाइएको छ। त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तामिल नाडुमा छन्। त्यहाँ ५७१ जना विरामी छन् भने नयाँ दिल्लीमा ५०३ जना विरामी रहेका छन्।

भारतमा दुई हप्तायतादेखि देशैभर लकडाउनको घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको बताइएको छ। तर यता दिन प्रतिदिन नयाँ संक्रमितहरु थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्ब्याउन सकिने देखिएको बताइएको छ।

प्रकाशित मिति: : 2020-04-07 13:30:00

प्रतिकृया दिनुहोस्