बिएल संवाददाता
कोरोना भारइसका कारण क्बलको आर्थिक संकट टार्न इटालियन क्लबका खेलाडीले ३० प्रतिशत तबल कटौती गर्न सहमति जनाएका छन् ।
युरोपमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण इटालीमा ठूलो क्षति पुगेको छ । कोरोनाका कारण इटालियन सिरि ‘ए’ फुटबल अनिश्चित कालका लागि स्थगित भएको छ ।
सिरि ‘ए’ क्लब र इटालियन प्लेयर्स युनियन (एआईसी)बीच सोमबार बसेको आपत्कालिन बैठकले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गनै निर्णय गरेको हो । बैठकमा सहभागी भएपनि साविक विजेता युभेन्ट्सले उक्त प्रस्तावमा असहमति जनाएको थियो । युभेन्ट्सले एक साताअघिनै खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको थियो ।
बैठकमा सहभागी क्लब र खेलाडीले सिरि ‘ए’ को सिजन पूरा गर्ने सहमति पनि गरेका छन् । जसका लागि अवस्था सामान्य भई सरकारले समेत अनुमिति दिन आवश्यक ठानिएको छ ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया