विश्वकपमा लगाएकाे टिर्सट बेचेर बटलरले जम्मा गरे काेराेनापीडितको लागि रकम

बिएल संवाददाता

काठमाडाै‌ं

ईङल्यान्डका विकेटकिपर तथा ब्याट्सम्यान जोस बटलरले कोरोना भाइरसविरूद्ध लड्न सहयोगको लागि करिब ६५ हजार पाउन्ड जुटाएका छन्। बटलरले गत बर्ष लॉर्ड्समा न्युजिल्यान्डविरूद्धको विश्वकप फाइनलमा लगाएको टिर्सटको लिलामीबाट बेचर उक्त रकम जम्मा पारेका हुन्।

टिर्सटबाट जुटाएका रकम उनले लन्डनमा रहेका रोयल ब्रम्पटन र हर्टफिल्ड अस्पतालहरूको लागि सहयोग गरेका छन्।

विश्वकप खेलको अन्तिम बलमा रन आउट भएका बटलरले खेलमा अर्ध शतक बनाएका थिए। 

केही हप्ता अगाडी उनले इबेमा उक्त टिर्सट लिलामीका लागि राखेका थिए। 

लिलामी मंगलबार बन्द भएपछि त्यहाँ करिब ८२ बिड लागेको थियो। बिड विजेताले टिर्सटको लागी ६५ हजार १ सय पाउन्ड तिर्नु पर्ने प्राबधान रहेको थियो।
 

प्रकाशित मिति: : 2020-04-08 13:52:22

प्रतिकृया दिनुहोस्