आइतबार, ०१ नोभेम्बर २०२६

करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
• • •

ज्योति फाउण्डेशनका ७३ वर्षीय अल्कोहल स्पेशलिस्ट जयप्रकाश श्रेष्ठ अहिले रक्सीका कारण जीवन अस्तव्यस्त बनेकाहरूलाई नयाँ जीवन दिने अभियानमा छन्। 

रक्सीले ज्यान कमजोर बनाएका, परिवारबाट टाढिएका र जीवनको बाटो हराएकाहरूलाई सुधारको यात्रामा फर्काउनु नै उनको दैनिकी हो। यही सेवाबाट उनी आज सबैभन्दा ठूलो सन्तुष्टि पाउँछन्।  

तर, यो यात्रा उनको रोजाइबाट सुरु भएको थिएन। ओखलढुङ्गामा जन्मिएका श्रेष्ठको सपना प्रहरी बन्ने थियो। तर बुबाले अनुमति नदिएपछि उनी व्यापारतर्फ लागे। 

कपडाको ठूलो पसल थियो, व्यापार पनि राम्रो चलिरहेको थियो। यही क्रममा उनले साथीहरूसँग रक्सी पिउन थाले। 

पहिलोपटक रक्सी पिउँदा खासै रमाइलो लागेन, तर बिस्तारै त्यो बानी लतमा बदलियो। कहिले रक्सीले उनलाई नियन्त्रण गर्न थाल्यो, उनले आफैंले पनि पत्तो पाएनन्।  

रक्सीकै कारण उनले कमाएको सम्पत्ति गुमाए, परिवारसँगको सम्बन्ध बिग्रियो र जीवन अस्तव्यस्त बन्यो। 

तर, अहिले उनी त्यही अँध्यारोबाट बाहिर निस्किएका छन्। पछिल्ला पाँच वर्षदेखि उनले रक्सी छोएका छैनन्।

 अब उनको एउटै उद्देश्य छ–आफूले भोगेको पीडा अरूले नदोहोर्‍याऊन्, र रक्सीको लतमा फसेकाहरूलाई नयाँ जीवनतर्फ डोर्‍याउनु।


पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...

कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…

सडकले हुर्काएको विकास...

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!