बिएल संवाददाता
बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै बहराइनमा संक्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।
यसअघि बहराइनमा १२ जना नेपालीमा संक्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो । यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए।
बहराइनले कोरोना रोकथामका लागि नियममा थप कडाइ गरेको छ । संक्रमितले क्वारेण्टीनमा नबसेमा तीन महिना जेल सजाय र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना हुनेछ ।
बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइनमा रहेको दूतावासले जनाएको छ ।
त्यहाँ कुनै पनि भेला सभा समारोह गर्न रोक लगाइएको छ । शैक्षिण संस्थाहरु बन्द छन् भने शैलुन, जिमदेखि सार्वजनिक ठाउँहरु पनि बन्द छन् । कोरोनाको कुनै लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । अन्य कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया