बिएल संवाददाता
बहराइनमा थप १० जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । योसँगै बहराइनमा संक्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ ।
यसअघि बहराइनमा १२ जना नेपालीमा संक्रमण देखिएको थियो । केही समयअघि सल्माबादको एक म्याम्पमा एक जना विदेशीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सबै श्रमिकलाई क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरिएको थियो । यसमध्येबाट बुधबार थप १० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बताए।
बहराइनले कोरोना रोकथामका लागि नियममा थप कडाइ गरेको छ । संक्रमितले क्वारेण्टीनमा नबसेमा तीन महिना जेल सजाय र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना हुनेछ ।
बहराइनले ७ अप्रिलदेखि लागू हुनेगरी सन् २०२० भरी नै अवैधानिक रुपमा बसेकालाई बहराइन छोड्न वा वैधानिक हुने अवसर दिइएको पनि बहराइनमा रहेको दूतावासले जनाएको छ ।
त्यहाँ कुनै पनि भेला सभा समारोह गर्न रोक लगाइएको छ । शैक्षिण संस्थाहरु बन्द छन् भने शैलुन, जिमदेखि सार्वजनिक ठाउँहरु पनि बन्द छन् । कोरोनाको कुनै लक्षण देखिएमा बहराइनको टोल फ्रि नम्बर ४४४ मा सम्पर्क गर्न सकिन्छ । अन्य कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया