बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित अन्सु सापकोटालाई फोनमार्फत सान्त्वना दिएका छन्।
मुख्यमन्त्री गुरुङले बिहीबार सापकोटालाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गरेका छन्।
‘मन दह्रो बनाउनुहोस्। उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन्,’ उनले भने,’ मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे। अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु।’
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन्। कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो।
उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया