बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बाग्लुङकी १९ वर्षीया कोरोना संक्रमित अन्सु सापकोटालाई फोनमार्फत सान्त्वना दिएका छन्।
मुख्यमन्त्री गुरुङले बिहीबार सापकोटालाई फोन गरेर मन दह्रो बनाएर कोरोनालाई परास्त गर्न पनि आग्रह गरेका छन्।
‘मन दह्रो बनाउनुहोस्। उपचारपछि धेरै मान्छेहरु ठीक भएका छन्,’ उनले भने,’ मैले डाक्टरहरुसँग कुरा गर्दा तपाईंको स्वास्थ्यमा पनि प्रगति भइरहेको जानकारी प्राप्त गरे। अझैं पनि म तपाईंलाई फोन गरिरहन्छु।’
गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै उनी नेपाल आइपुगेकी थिइन्। कतार एयरवेजेका जहाजमा आएका उनीसहित अन्य २ जनालाई पनि कोरोना संक्रमण देखिएको थियो।
उनको अहिले बाग्लुङ सदरमुकामस्थित धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया