बिएल संवाददाता
भरतपुर अस्पतालमा प्रसूति सेवा निःशुल्क रहेको छ।
कोभिड-१९ को जोखिम रोक्नका लागि सरकारले गरेको घोषणा लकडाउनका कारण सुत्केरी गराउन अस्पताल आउनेको सङ्ख्या कमी भएको र अस्पतालको जस्तो सुविधा अन्यत्र नरहेकोले प्रसूति सेवा निःशुल्क रहेको भरतपुर अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोखरेलले जानकारी दिए।
'अस्पतालको प्रसूति विभाग छुट्टै भवनमा भएकाले पूर्ण रुपमा सुरक्षित रहेको छ', उनले भने, 'प्रसूति रोग विभागमा १४ विशेषज्ञ चिकित्सक तथा ८० नर्स तथा स्वास्थ्यकर्मी रहेका छन्।'
निजी अस्पतालमा प्रसूति गर्न चर्को शुल्क लाग्ने बताउदैं उनले भने, 'हाम्रो सेवा उत्कृष्ठ छ। अन्यत्र दाँज्नै मिल्दैन। कोरोनाको डर मान्नुपर्ने अवस्था रहेको छैन।' सबै अस्पतालमा छुट्टै फिवर क्लिनिक र आइसोलेशन श्यया रहेको उनको भनाइ छ।
गत वर्ष १३ हजार ५०० र यसवर्ष चैत महिनासम्म नौ हजार ७२८ एक हजार ११ ले प्रसूति सेवा लिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।
अस्पतालका बालरोग विशेषज्ञ डा युवानिधि बस्यौलाका अनुसार यहाँ १२ श्ययाको सघन उपचार कक्ष, ६ जना क्षमताको कंगारु मदर केयर, १५ श्ययाको नवजात शिशु वार्ड र १० जना क्षमताको पोषण एकाइ छ। बालरोग विभागमा १० जना विशेषज्ञ चिकित्सक र चार जना मेडिकल अधिकृत कार्यरत रहेका छन्। सघन उपचार कक्षमा दैनिक रु एक हजार लिइन्छ भने अन्य सबै सेवा निशुल्क छ। सघन उपचार कक्षमा निजीमा एकै दिनको रु १० हजार खर्च हुने गर्दछ।
काठमाडौको परोपकार प्रसूति गृहपछि भरतपुर अस्पतालमा धेरै प्रसूति गराउने गरेको तथ्याङ्क छ। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रसूति सेवा प्रदान गर्न कुनै समस्या छैन्। 'हरेक वर्ष अस्पतालमा तीन लाखभन्दा बढीले सेवा लिने गरेका छन्।' उनले भने।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया