आइतबार, ०३ अगस्ट २०२५

साउदीमा अनिश्चितकालसम्मका लागि कर्फ्यू, मुलुकका १३ वटै प्रान्तको आवतजावतमा रोक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ। कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले अर्को सूचना नआउँदासम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो।

गत मार्च २३ देखि मुलुकभर बेलुका सात बजेदेखि बिहान छ बजेसम्म लगाइएको २१ दिने कर्फ्यू बढाउने साउदीका राजा सलमान बिन अब्दुल्लाजिज अल साउदले निर्देशन दिएका हुन्। 

गत साता साउदीले रियादलगायत अन्य सहरमा भने कर्फ्यूको समय बढाएको थियो। यी सहरमा २४ घण्टा नै कर्फ्यूको घोषणा गरिएको हो। यी सहरमा मानिसहरुलाई अत्यावश्यक सामग्रीका लागि बिहान छ बजेदेखि दिउँसो ३ बजेसम्म बाहिर निस्किन दिइएको छ।

शनिबार साउदीको आन्तरिक मन्त्रालयले यसअघि लागू गरिएको सबै नियम अर्को सूचना नआउँदासम्म जारी रहने तथा मुलुकका १३ वटै प्रान्तको आवतजावतमा रोक लगाइने बताएको छ। 

अहिलेसम्म कोरोनाको कारण साउदीमा चार हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने ५२ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ।
 

आइतबार, चैत्र ३०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)