
बिएल संवाददाता
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ ।
जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो। त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो। बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाइएको हो। प्रशिक्षक र संघको पुरस्कार क्रमैसँग पठाइने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो।
१३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको राखेपले जनाएको छ।
पुरस्कार रकममा कर कट्टा नगरिएकोसमेत राखेपले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्पर्धाका स्वर्णपदक विजेताले ९ लाख, रजत जित्नेले ६ लाख र कास्य जित्नेले ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने घोषणा गरिएको थियो । टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ पाउने भएका छन् ।
संशोधित कार्यविधिअनुसार सागमा स्वर्ण जिताउने मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ र कास्यले २ लाख रुपैयाँ पाउनेछन् । यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण विजेताले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गर्ने कार्यविधिमा उल्लेख छ ।
सागमा जलपरी गौरिका सिंहले चार स्वर्ण ,व्यक्तिगतमा २ रजत, टिममा ३ कास्य जितेकी थिइन् । कराँतेका मन्डेकाजी श्रेष्ठले एकल र टिम कातामा स्वर्ण जितेका थिए । तेक्वान्दोकी आयशा शाक्यले दुई स्वर्ण जितेकी थिइन् । गल्फका सुवास तामाङले एकल र टिम इभेन्टस्मा स्वर्ण जित्न सफल भएका थिए ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया