गरीब र मजदुर जो 'जैविक शरीर' मात्र बन्दैछन्

देखापढी

काठमाडौँ

प्राध्यापक बद्रीनारायण 

गरीब र मजदुर जो 'जैविक शरीर' मात्र बन्दैछन्पूरै विश्व कोरोना भाइरससँग लडिरहेको अहिलेको अवस्थामा अम्बेडकर, उनको विचार र उनको जीवन अझ बढी प्रासंगिक हुन्छ। यसको पहिलो मुख्य कारण यो हो कि अम्बेडकरले दलित, गरीब, मजदुर तथा भूमिहीन किसानका लागि लड्दालड्दै जीवन बिताएकोमा आज कोरोना संकटको समयमा उनीहरूले  दोहोरो समस्याको सामना गर्नुपरेको छ।

गरीब व्यक्तिलाई आफू र आफ्नो परिवारलाई भोकमरीबाट जोगाउनुपर्ने जिम्मेवारी छ। उसले आफ्नो बसोबासको व्यवस्था गर्नुपर्ने छ। जीवनमा दोस्रो परिस्थितिसँग जुध्नुको साथै सरकारका तर्फबाट जारी हुने स्वास्थ्यसम्बन्धी नियमको पनि पालना गर्नुपर्ने जस्तो अप्ठ्यारो अवस्था आएको छ। 

प्रकाशित मिति: : 2020-04-16 07:35:51

प्रतिकृया दिनुहोस्