भादगाउँ टेलिभिजनमा यसरी चलिरहेछ एसईई कक्षा

देखापढी

भक्तपुर

सुनीता साखकर्मी

कक्षामा शिक्षक एक्लै छन्। उनलाई सुन्ने विद्यार्थी कोही छैनन्। छन् त केवल वरिपरि ठड्याइएका क्यामेरा र एकजना क्यामेराम्यान।

यिनै क्यामेरा र क्यामेराम्यानलाई विद्यार्थी मानेर उनले वृत्त, त्रिभूज, चतुर्भुजबारे पढाइरहेका छन्। यो कुनै फिल्मको सुटिङस्थल पनि हैन। यो त हो- भक्तपुरको च्यामासिंहस्थित बागीश्वरी माध्यमिक विद्यालयको कक्षाकोठा। र, त्यसरी पढाउन व्यस्त शिक्षक हुन्- रोशनराज टुईटुई।

उनले भर्चुअल माध्यमबाट कक्षा १० को ज्यामिति पढाइरहेका थिए। कक्षामा विद्यार्थी त कोही थिएन तैपनि उनी विद्यार्थीसँग अन्तरक्रिया गरेसरी नै पढाइरहेका थिए।

प्रकाशित मिति: : 2020-04-20 07:31:13

प्रतिकृया दिनुहोस्