यसरी आएको थियो लोकतन्त्र

देखापढी

काठमाडौँ

लक्ष्मण श्रेष्ठ

आज लोकतन्त्र दिवस। १४ वर्ष अगाडि आजकै दिन ११ वैशाख २०६३ मा १९ दिने जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने घोषणा गरेसँगै वर्तमान लोकतन्त्रको औपचारिक यात्रा शुरू भयो। यो यात्रा केवल संसदीय व्यवस्थाको पुनर्स्थापना मात्र थिएन, १२ वर्षे हिंसात्मक विद्रोह र राजतन्त्र अन्त्यको औपचारिक शुरुआत पनि थियो। जसको जग हालेको थियो, ४ जेठ २०६३ मा पुनस्थार्पित प्रतिनिधि सभाले गरेको घोषणाले। नेपाली म्याग्नाकार्टा भनिने उक्त घोषणाले राजाका सबै अधिकारहरू कटौती गर्‍यो। संसद्लाई पूर्ण सार्वभौम र स्वतन्त्र बनायो। ‘श्री ५ को सरकार’ ‘नेपाल सरकार’ बन्यो। ‘हिन्दू राष्ट्र नेपाल’ ‘धर्मनिरपेक्ष राज्य’ बन्यो।

१२ जेठ २०६३ मा तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच युद्धविरामको सहमति भएसँगै शान्ति प्रक्रियाको पनि औपचारिक शुरुआत भयो। ५ मंसीर २०६३ मा तत्कालीन नेकपा (माओवादी) र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १२ वर्षे ‘सशस्त्र युद्ध’को विधिवत् अन्त्य भयो।

प्रकाशित मिति: : 2020-04-23 18:12:45

प्रतिकृया दिनुहोस्