लकडाउनमा फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जनाले कुरा गर्न सक्‍ने

बिएल संवाददाता

काठमाडाै‌ं

फेसबुकले मानिसहरुलाई भर्चुअली कनेक्ट गराउन मेसेन्जर रुम्स लिएर आएको छ।

विश्‍वभर कोरोना भाइरस (कोभिड१९)को माहामारीका कारण लकडाउन भएकाे बेला जुम, माइक्रोसफ्ट, गुगल लगायत आइटी कम्पनीहरुले धमाधम भर्चुअल भेला गराउने र भिडियोमार्फत जोडिरहँदा फेसबुकले पनि चुनौती दिँदै मेसेन्जर रुम्स ल्याएको हो।

फेसबुकका सिइओ मार्क जुकरबर्गले फेसबुकमा म्यासेन्जर रुम्सको बारेमा व्‍याख्या गर्दै भनेका छन्, ‘हामीले लकडाउनमा मानिसहरुलाई आपसमा भिडियोमार्फत एकैसाथ कुरा गर्न म्‍यासेन्जर रुम्स लिएर आएका छौ। यसले म्‍यासेन्जरमै एकै पटकमा ५० जनालाई भिडियोमार्फत कुरा गर्न सक्नेछन्।’

उनका अनुसार फेसबुक आइडी भएकाहरु पनि यसमा आवद्ध हुन सक्‍नेछन् जुन एक क्लिकमै सबैलाई सजिलै जोड्न सकिन्छ। 

अब फेसबुकका प्रयोगकर्ताले आफ्नै आइडीबाट म्यासेन्जर रुम्स बनाउँन सक्नेछन् भने त्यहाँ आफूले चाहेको व्‍यक्तिलाई ‘जोइन’ गराउन सक्नेछन्। जसमा फीड, इन ग्रुप्स, इभेन्ट पेज लगातका विकल्पहरु हुनेछन्। यसलाई प्रयोगकर्ताहरुले आफूले मन लागेको चलाउन सक्नेछन्।

यसका साथै प्रयोगकर्ताले आफ्नो सीमित साथीहरुसँग पनि कुरा गर्न सक्‍नेछन् भने व्‍यक्तिगत रुपमा पनि यसलाई प्रयोग गर्न सक्नेछन्। फेसबुकले ३६० डिग्रीको ब्‍याग्राउण्ड बनाएर पनि भिडियो कुराकानी गर्ने गरी म्यासेन्जर रुम्सलाई विकास गरेका छन्। साथै १४ वटा फिल्टर गर्ने लाइटहरु पनि सँगै समावेश गरिएको जुकरवर्गले दाबी गरेका छन्।

जुकरवर्गले यसलाई चलाउँदै भनेका छन्, ‘ यो मानिसहरुको लागि नै उत्कृष्ट अनुभूति दिनेछ भने आफन्तसँग र साथीभाइसँग निमेषभरमै कुरा गराउन साथ दिनेछ।’

प्रकाशित मिति: : 2020-04-26 08:47:54

प्रतिकृया दिनुहोस्