एजेन्सी
कोरोना भाइरसको सबैभन्दा ठूलो क्षति भारतका अनुभवी स्पिनर रविचन्द्रन अश्विनले उठाउनु परेको छ। इंग्लिस काउन्टी टिम योर्कसायरले उनीसँगको अनुबन्ध सोमबार रद्ध गरेको छ।
कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डको काउन्टी सिजन सुरु हुन नसक्दा अश्विनको अनुबन्ध रद्ध गरिएको हो।
इङ्लिस क्रिकेट बोर्डले जुलाईको पहिलो तारिखदेखि क्रिकेटको सबै गतिविधिमा प्रतिबन्ध लगाएको थियो।
अश्विनले यसै वर्ष जनवरीमा योर्कसायरसँग अनुबन्धमा हस्ताक्षर गरेका थिए। ३३ वर्षीय अश्विन तेस्रो काउन्टी सिजनका लागि तयारी अवस्थामा थिए। उनले यसअघि दुई सिजन वार्सेस्टरसायर र नटिङ्घमसायरबाट खेलेका थिए।
योर्कसायरले अश्विनसँगै दक्षिण अफ्रिकाका स्पिनर केशव महारजा र वेष्ट इन्डिजका निकोलस पुरनको सम्झौता पनि रद्ध गरेको हो। उनलाई इन्डियन प्रिमियर लिग (आइपीएल) क्लब चेन्नई सुपर किङ्सले पनि टोलीबाट बाहिर राखेको थियो।
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया