एजेन्सी
कोरोना भाइरसको सबैभन्दा ठूलो क्षति भारतका अनुभवी स्पिनर रविचन्द्रन अश्विनले उठाउनु परेको छ। इंग्लिस काउन्टी टिम योर्कसायरले उनीसँगको अनुबन्ध सोमबार रद्ध गरेको छ।
कोरोना भाइरस संक्रमणका कारण इङ्ल्यान्डको काउन्टी सिजन सुरु हुन नसक्दा अश्विनको अनुबन्ध रद्ध गरिएको हो।
इङ्लिस क्रिकेट बोर्डले जुलाईको पहिलो तारिखदेखि क्रिकेटको सबै गतिविधिमा प्रतिबन्ध लगाएको थियो।
अश्विनले यसै वर्ष जनवरीमा योर्कसायरसँग अनुबन्धमा हस्ताक्षर गरेका थिए। ३३ वर्षीय अश्विन तेस्रो काउन्टी सिजनका लागि तयारी अवस्थामा थिए। उनले यसअघि दुई सिजन वार्सेस्टरसायर र नटिङ्घमसायरबाट खेलेका थिए।
योर्कसायरले अश्विनसँगै दक्षिण अफ्रिकाका स्पिनर केशव महारजा र वेष्ट इन्डिजका निकोलस पुरनको सम्झौता पनि रद्ध गरेको हो। उनलाई इन्डियन प्रिमियर लिग (आइपीएल) क्लब चेन्नई सुपर किङ्सले पनि टोलीबाट बाहिर राखेको थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया