
रासस
भुल्केकेको २८ जनामा कोरोना सङ्क्रमण देखेपछि अहिले त्यहाँका स्थानीयवासीबाट कसैले पैसा लिन मानिरहेका छैनन् ।
सङ्क्रमण फैलिन सक्ने त्रासका कारण उनीहरुले दिएको पैसा नलिदाँ भुल्केवासीहरुलाई विभिन्न उपभोग्य वस्तु खरिद गर्न समस्या झेल्नुपरेको छ।
आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु किन्न जाँदा कोरोना सर्ने डरले पसलेले पुराना पैसा लिन नमान्ने र हातमा पञ्जा, स्यानिटाइजर नलगाई दिएको पैसा नलिने गरेको भुल्केका कमला विक बताउँछिन् ।
यस्तै गुनासो भुल्केका अर्का स्थानीयवासी दुर्गा थापाको पनि छ । थापा भने, “बल्ल गाउँ छेउमा पसल त खुल्यो तर दैनिक उपभोग्य वस्तु किन्न जाँदा पुराना पैसा पसल सञ्चालकले लिन मान्दैनन्, हातमा पञ्जा, स्यानेटाइजर नलाई दिएको पैसा लिँदैनन् आफूहरुसँग त्यस्तो साधन हुन्न बरु समान नै नलिई घर फर्कनु पर्ने बाध्यता आएको छ ।”
बल्ल गाउँबाट सुरक्षाकर्मीको अनुमति लिएर पल्लो पसलसम्म गएर उपभोग्य वस्तु किनौँभन्दा कोरोना सङ्क्रमण सर्ने डरले पसलले पैसा लिन नमानेका कारण अहिले गाउँलेले दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न नसकिरहेको गुनासो भुल्केवासीको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया